
धनुषा, ०७६ वैशाख १ गते
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १३ पुगेको छ ।
गत चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
१७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।