भारतबाट नेपाल आएका ११ नेपालीलाई भारत फर्काइयो

धनुषा, ०७७ बैशाख २४ गते ।
भारतमा विभिन्न काम विशेषले रहेका ११ जना नेपाली नागरिक भारतको भुमि हुदै धनुषाको धनौजी गाउँपालिका हुदै बहुअर्वा आएका ११ जनालाई गिरफतार गरि भारतमै पठाइएको छ ।

बैशाख २४ गते विहान साढे ३ बजे धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वा आएका ८ जना र महोत्तरीको भंगहानगरपालिकाका ३ जनालाई बहुअर्वाबाट गिरफतार गरि बैशाख २४ गते नै भारतीय प्रहरीलाई जिम्मेवारी लगाइएको छ ।


भारतको मदरासबाट पैदल हिँडेर घर आएका ११ जनालाई गाउँवासीहरुको सहयोगमा भारतकै क्वारेन्टाइनमा पठाएको सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार