जनएकता युवा क्लव चित्रपुरद्धारा १२३ परिवारलाई राहत प्रदान


धनुषा, ०७७ बैशाख २५ गते ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिवासका १२३ घरपरिवारलाई जनएकता युवा क्लव चित्रपुरले राहत सामाग्री सहयोग गरेका छन् ।

जनएकता युुवा क्लवले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि जारी लकडाउनले प्रभावित वडाका १२३ अतिविपन्न घरपरिवारलाई सहयोग गरेको क्लवका अध्यक्ष महाविर प्रसाद सिंहले जानकारी दिनुभएको छ ।


राहत सामाग्रीमा ५ किलो चामल, १ किलो दाल, नुन स्याविनलगायतको सामाग्री प्रदान गरेको क्वलका उपाध्यक्ष अनिलकुमार महतोले बताउनुभयो ।

क्लवका पदाधिकारीहरुले चन्दा संकलन गरेर राहत वितरण गरेको क्लवले जनाएको छ । यसअघि समेत क्लवले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

धेरै पढिएको

ताजा समाचार