
धनुषा, ०७७ बैशा २८ गते ।
जनकपुरमा लकडाउनका विच बैशाख २८ गते विहानैदेखि जनकपुर बजार आशिंक रुपमा खुलेको देखिएको छ । नेपाल सरकारले बैंक तथा वितीय सस्थानहरु बैशाख २८ गतेदेखि खोल्ने निर्णय गरेपछि जनकपुर बजारमा गाउँ गाउँबाट सर्वसाधारणहरुको भिड लागेको छ ।
महिनौदेखि घर बाहिर नआएका सर्वसाधारणहरु बैंक, क्लिनिक, मनि ट्रान्सर्फर, विद्युत अफिसलगायतको ठाउँमा आउने जाने गरेको देखिएको छ । जनकपुरको शिवचोक, भानुचोक, मिल्स एरिया, रामानन्दचोक, मुरलीचोक, राम मन्दिर, जानकी मन्दिर, अस्पताल रोड लगायत जनकपुरभरि बैशाख २८ गते दिनभर मानिसहरुको बाक्लो उपस्थिती देखेको महिला मानवअधिकारकर्मी शिला झाले बताउनुभयो ।
ठाउँ ठाउँमा बाक्लो उपस्थिती देखिए पनि धनुषा प्रहरीले सामाजिक दुरी कायम गराउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले लकडाउन नखुलेको बताउँदै सरकारले बैंकहरु खोल्ने निर्णय गरेपछि मानिसहरुको आवागमन बढेको बताउनुभयो ।
सामाजिक दुरी कायम हुने गरि सर्वसाधारणहरुलाई व्यवस्थित गराउनुपर्नेमा एक्कासी हजारौको संख्यामा जनकपुरमा सर्वसाधारण आएपछि समस्या भएको बताउनुभयो ।