
धनुषा, ०७७ बैशाख ३० गते ।
शहिदनगरपालिकाका मेयर समेत रहनुभएका कमला नदी बचाउ अभियानी उदयकुमार बरवरियाले नगरको वडा न.१ स्थित रामघाटमा धर्मशाला निर्माणको शिलान्यास गर्नुभएको छ ।
ऐतिहासिक कमला नदी बचाउ अभियानअन्तर्गत रामघाटमा धर्मशाला निर्माणले गर्दा पर्यटन प्रवद्र्धधनमा सहयोगी हुने शहिदनगरपालिकाको विश्वास रहेको छ । कमला नदीको एतिहासिक पर्यावरण संरक्षण गर्ने उद्धेश्यका साथ शिलान्यास गरिएको धर्मशालाले पर्यटकहरुको समेत आवगमन हुने नगरको विश्वास रहेको छ ।

धर्मशाला निमार्ण गर्न पचास लाखको लागत गरिएको छ । सामाजिक दुरीलाई ख्याल गर्दै आयोजित धर्मशाला शिलान्यास कार्यक्रममा कमला बचाऊ अभियान संयोजक बिक्रम यादव, कमला बचाउ अभियानी वडा अध्यक्ष तेजिलाल यादव, कमला अभियानी बिरेन्द्र यादव, सुरेन्द्र यादव, श्याम कुमार महतो, राजकिशोर सल्हैता, सुनिल यादव, राम जिवन यादव, नरेश यादव ,आशुतोष यादव ,रामनाथ यादव कमला अभियानी पत्रकार सुरेश यादवलगायतका स्थानियबासिन्दा तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।