
धनुषा, ०७७ बैशाख ३१ गते ।
जनकपुरधाम उमनपा–९ पिडारीचौकस्थित रेडियो जनकपुरका संचालक समेत रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय कोषाध्यक्ष शितल साहलाई ज्यान मार्ने धम्की दिएको संचालक शितल साहले बताउनुभएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुरमा हुदै आएको लापरवाही र अनियमितता सम्बन्धमा कार्यक्रम प्रशारण गरेपछि अस्पतालका जुनियर स्टाफ जुगल यादवलगायत ३ जनाले रेडियो जनकपुरमा गएर धाक धम्की देखाउँदै ज्यान मार्ने धम्की दिएको रेडियो जनकपुरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेडियोका संचालक साहलाई दिएको ज्यान मार्ने धम्की घटनाको छानविन गरि दोषीमाथि कारवार्ही गर्न रेडियोले माग गर्दछ । यता, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व कोषाध्यक्ष समेत रहनुभएका रेडियो जनकपुर ९७ मेगाहर्जका संचालक शितल साहलाई ज्यान मार्ने धम्की दिनेलाई कानुन बमोजिम कारबाहीको मांग गर्नुभएको छ ।
समाचारको बिषयलाई लिएर संचारगृहमै पूगी धम्की दिने कार्य निन्दनीय रहेको भन्दै घटनामा सलग्नलाई कारवार्ही गर्न स्थानिय प्रशासनसंग माग गर्नुभएको छ ।