कोरोना संक्रमित बढेपछि धनुषाको २ स्थानिय तहमा विदा

धनुषा, ०७७ जेठ १ गते ।

धनुषाको शहिदनगर नगरपालिकाले जेठ ५ गते सम्म स्वास्थ्य सेवाबाहेक सवै सेवा बन्द गरेको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै उक्त नगरपालिकाले कामकारवाही बन्द गरेको मेयर उदयकुमार यादव बरबरियाले जानकारी दिए । उनले लकडाउनलाई समेत कडाईका साथ लागू गरिने बताए ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले मुलुकभर कोरोना महामारी उत्कर्षमा पुग्न थालेको ठहर गर्दै बन्दाबन्दीलाई कडाई गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य सेवा बाहेक नगरपालिकाको कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गर्ने निर्णय गरेको मेयर बरबरियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, धनुषाधाम नगरपालिकाले पनि शुक्रबार सम्मका लागि कामकाज बन्द गरेको छ । 

धेरै पढिएको

ताजा समाचार