
धनुषा, ०७७ जेठ १ गते ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गको पुष्पवलपुरमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ ।
मिथिला नगरपालिका –४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत २५ वर्षीया चन्द्ररेखा यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएका छन् ।
बिहिबार दिउँसो करिब ४ बजेतर्फ पूर्वबाट पश्चिमतर्फ आइरहेको को.१ ख २६२७ नम्बरको मालबाहक ट्रकले बा.५२ प ८६४८ नम्बरको मोटरसाइकलमा सवार नर्सलाई पुष्पवलपुरचौकमा ठक्कर दिइएको थियो ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका वडा नं. १० जमुनिया बस्ने २० वर्षीय मोटरसाइकल चालक सिद्धार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा गम्भिर घाइते रहेको छ ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ट्रक चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा राखिएको छ ।