
धनुषा,०७७ जेठ २ गते ।
बिगत केही हप्तादेखि जानकी मन्दिर प्रकरणकाे विवाद उठेपछि जनकपुरधामका सबै मठमन्दिरलाई संरक्षणका निमित्त एक समिति गठन गरिएकाे छ ।
जनकपुर ८ रामानन्द चाैक बस्ने शाभाकान्त पाण्डेको अध्यक्षतामा जनकपुरका सबै मठमन्दरलाई संरक्षण र उचित व्यवस्थापन गरि ट्रस्टमा लैजान १७ सदस्यीय समिती गठन गरिएकाे हो ।
शाेभाकान्त नेतृत्वका समितले सम्पुर्ण मठमन्दिरका संरक्षण र समितीबारे अवगत गराउन बृहत्तर जनकपुर क्षेत्र परिषदलाई पत्र लेखेको छ ।