
धनुषा, ०७७ जेठ २ गते ।
कोरोना भाइरस संक्रमण जनकपुरकै बासिन्दामा देखिएपछि प्रहरीले लकडाउनलाई पालना गराउन कडाई गरेको छ । जेठ २ गते ‘लकडाउन’ उल्लंघन गरि सवारी चलाउने सरकारी गाडीसहित सयभन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
विना पास सवारी साधन चलाउनेको गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ । सरकारी तथा निजी गरी प्रदेश २ मा जेठ २ गते साँझसम्म १८२ सवारी साधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यसैविच, विना पासको सवारी साधन नचलाउन र घर बाहिर विना कामले नहिड्न आग्रह गरि रहदा लकडाउन’ उल्लंघन गरी सवारी चलाउने प्रदेश सांसद अशोक यादवको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरको भानुचोक एरियाबाट प्रदेश सांसद यादवको गाडी नियन्त्रणमा लिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार प्रदेश सांसदको गाडीलाई चेकजाँच गर्ने क्रममा पास देखाउन नसकेपछि नियन्त्रणमा लिइएको बताउनुभएको छ ।