प्रहरी जवानमा कोरोना पुष्टि

धनुषा, ०७७ जेठ ३ गते

पछिल्लो पटक देशका विभिन्न स्थानमा ६ जना प्रहरी कोरोना संक्रमित भएको हप्ता दिन नबित्दै बारा जिल्लामा समेत एक प्रहरीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका हुन् । संक्रमितबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएपछि उनको कन्ट्याक ट्रेसिङ थालिएको छ ।

उनीसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।

स्रोतका अनुसार जवान प्रहरीको मुद्दा शाखामा कार्यरत भएकाले जिल्ला सरकारी वकिलको कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत समेतको गरी २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार