लकडाउनमा क्रसर डनहरुको मनपर्दी,महोत्तरीमा क्रसर उद्योगीविरुद्ध सयौं स्थानिय नाराबाजी गरेपछि

महोत्तरी, ०७७ जेठ ४ गते ।

गौशाला नगरपालिका -८ स्थित मरहा खोलामा अवैध ढंगले नदी उत्खनन् गरिएको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

आईतवार दिउँसो गौशाला ८ भण्टावारीका युवाहरुको समुहले नदी उत्खन्नको विरोधमा विरोध प्रदर्शन गर्दै नगरपालिकामा धर्ना दिएका छन् । आफुहरुले वारम्वार नगरपालिकामा जानकारी गराउदा समेत कहिकतैबाट पहलकदमी नभएपछि वाध्य भएर धर्ना दिएको स्थानीय सुरेश महतोले बताए ।

गत साता नदि अवलोकनमा गर्न पुगेका संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले दिएको निर्देशन विपरित स्थानिय क्रसर संचालकले दिनदहाडै नदि उत्खन्न गर्दा समेत सम्बन्धित निकाय मुकदर्शक भएपछि नगरपालिकन घेराउ गर्न आएको महतोले प्रतिक्रिया दिएका छन् ।

घेराउ गर्न आएका समुहसँग अहिले ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश रेग्मीले सम्झाउने प्रयास भई रहेको छ ।

धेरै पढिएको

ताजा समाचार