महिला मानवअधिकारकर्मीहरुको पहलमा वृद्धाहरुलाई सहयोग

धनुषा, ०७७ जेठ ५ गते ।
जनकपुरधाम उमनपा–८ रामानन्दचौकस्थित जानकी वृद्धा आश्रमका १८ जना वृद्धाहरुलाई जेठ ५ गते महिला मानवअधिकारकर्मीहरुको पहलमा सहयोग गरिएको छ ।

महिला मानवअधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झा र महिला मावनअधिकारकर्मी सुशिला शर्माको पहलमा सहयोग गरिएको हो ।


आश्रममा रहनुभएका १८ जना वृद्ध आमाहरुलाई प्रति व्यक्ति ३ पोका सरफ, २ थान लुगा धुने सावुन, २ पकेट अगरवती, सलाई र सवै जनालाई ४ लिटर दुध सहयोग गरेको हो ।

अधिकारकर्मीद्धयको पहलमा रुपेश साह र रमण अधिकारीले आर्थिक सहयोग गरेको थियो ।


आश्रममा रहनुभएकी वृद्ध आमाहरुलाई अझै सहयोगको आवश्यकता रहेकाले आगामी दिनमा समेत आर्थिक सहयोग जुटाएर सहयोग गर्ने महिला मानवअधिकारकर्मी झाले बताउनुभयो ।

सहयोग पाएपछि आश्रमका वृृद्ध आमाहरु खुशी हुदै सहयोग गरेकोमा दुवैजनालाई आर्शिवाद समेत दिनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार