धनुषा, ०७७ जेठ ८ गते ।
लकडाउनका ५४ दिनमा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ ।

इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ ७ गते सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
लकडाउनको यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना इन्सेकले अभिलेख
गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा २ सय ३९ जना पीडित भएका इन्सेकले जनाएको छ ।
यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुर्व्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएकाघटना इन्सेकमा अभिलेख छ ।
‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’-प्रतिवेदनमा भनिएको छ-‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !