घरमै वट सावित्री पर्व मनाउन धनुषा प्रहरीको आग्रह

धनुषा, ०७७ जेठ ८ गते ।

यस वर्ष मनाइने बर सावित्री पर्व सार्वजानिक रुपमा नभई घर घरमै मनाउने जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ ।

खास गरि मिथिलानी महिलाहरुले मनाउने यो पर्व सामुहिक रुपमा एकै ठाँउ जम्मा भएर बरको बोटलाई पुजापाठ गर्ने परम्परा छ ।

तर अहिले विश्वव्यापी महामारिको रुपमा फैलि रहेक कोभिड १९ को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट लक डाउन समेत जारी गरिएको हुँदा भोली शुक्रवार हिन्दु महिलाहरुले मनाउने वट साबित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ–आफ्नो घरमै मनाई सक्रिय सहयोग एवं समन्व्यका लागि धनुषा प्रहरीले आग्रह गरेको छ ।

यसले वट साबित्री पर्वका श्रद्धालु तथा भक्तजनहरुमा पर्न जाने पिडा असुविधाका लागि जिल्ला प्रहरी कार्यालय धनुषा क्षमा याचना समेत गरेको छ ।

धेरै पढिएको

ताजा समाचार