
धनुषा, ०७७ जेठ ८ गते ।
सहयोगी विकास बैँकले आफ्ना सबै कर्मचारीको जेठ ८ गते कोरोना विमा गरिदिएको छ । जनकपुरधामको मुरलीचौकमा अवस्थित केन्द्रीय कार्यालय सहित बैँकको १४ वटै शाखा कार्यालयमा कार्यरत आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।
देश लकडाउनमा रहेको अवस्थामा समेत यस बैंकले दिनहुँ शाखाहरु सञ्चालन गर्दै आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गरि रहेको छ ।

ग्रामिण भेगमा शाखाहरु स्थापना गरेको कारणले सेवाग्राहीहरुको उपस्थिती उल्लेख्य हुने गरेको छ । कर्मचारीहरुमा कोरोना भाइरस सर्न सक्ने सम्भावनालाई ध्यानमा राखी कर्मचारीहरुको मनोवल उच्च राख्न संभावीत जोखिमको रक्षावरणका लागी जनही कर्मचारी रु. १ लाख बराबरको सामुहिक कोरोना बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले जानकारी दिनुभयो ।