नेपाल बंगलादेश बैंकले गरे सहयोग

धनुषा,०७७ जेठ ९ गते ।
प्रदेश २ सरकारको कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचार राहत कोषमा नेपाल बंगलादेश बैंकले जेठ ९ गते पाँच लाखको सहयोग गरेको छ ।


बैंकका प्रदेश कार्यालय बर्दीवास र जनकपुर शाखाका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई समाजिक विकास मन्त्री नवल किशोर साहको उपस्थितीमा पाँच लाखको चेक हस्तान्तरण गरेको होे ।


प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही सामाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार