
धनुषा, ०७७ जेठ ९ गते ।
जनकपुरधाम–९ पिडारीचौकस्थित जानकी वाटिका गेष्टहाउसमा ता खेल्दै गरेको अवस्थामा ५ जुवाडेलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जानकी वाटिकाभित्र लकडाउनको समयमा तास जुवा खेल्दै गरेको गोप्य सुचनाको आधारमा प्रहरी इन्स्पेक्टरको कमाण्डमा छापामारी गर्दा दुई लाख सात हजार पाच सय पचासि रुपैयासहित ५ जनालाई पक्राउ गरेको छ ।

जुवा खेल्दै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा मिथिला बिहारी न.पा.– ७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुर उ.म.न.पा.– ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, ज.उ.म.न.पा.–१३ बस्ने ३५ वर्षीय मो. सतकिङ राईन, ज.उ.म.न.पा.–१३ बस्ने ४७ वर्षीय जसिन कवाडि र ज.उ.म.न.पा.–१३ बस्ने ३४ वर्षीय रमेश साहु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।