धनुषा चेम्बरले १०१ परिवार र असहाय मंचले ५१ जनालाईृ गरे राहत प्रदान


धनुषा, ०७७ जेठ ९ गते ।


नेपाल सरकारद्धारा कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि गरिएको लकडाउनमा परेर प्रभावित जनकपुरका १०१ घरपरिवारलाई जेठ ९ गते धनुषा चेम्बर अफ कमर्सले लत्ताकपडा सहयोग गरेको छ । मुस्लिमहरुलाई ईद पर्वको अवसरमा ईदको लागि सर्ट, लुंगी, साड़ी, सवई , चीनी सहयोग गरेको छ ।


धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको प्रमुख आतिथ्यतामा आयोजित राहत वितरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेत, सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेती, वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहलगायतका समाजसेवीहरुको उपस्थिती रहेको थियो ।


शरिरको तापक्रम चेक गरेर सामाजिक दूरी कायम गरि राहत वितरण गरिएको धनुषा चेम्बरका अध्यक्ष बिजय साहले बताउनुभयो । लकडाउनको सुरुवातैदेखि धनुषा चेम्बर अफ कमर्सले राहत बितरण, स्वास्थ्यलगायतको कार्यक्रम गर्दै आएको चेम्बरका धनुषा उपाध्यक्ष सरोज मिश्रले बताउनुभयो ।


यसैविच, असहाय संरक्षण मंचले लकडाउनको ५१ औं दिन ५१ जनालाई राहत वितरण गरेको समाजका अध्यक्ष बैद्यनाथ साहले बताउनुभएको छ । जनकपुरको विभिन्न चौकमा गरिव, मजदुर, अति विपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, तरकारी, प्याजलगायतको सामाग्री प्याकेजअनुसार राहत सहयोग गरेको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार