
धनुषा, ०७७ जेठ १० गते ।
धनुषाको स्थानिय पालिकाहरुले संचालन गरेको क्वारेन्टाइन मापदण्ड विपरित संचालन भई रहेको जनगुनासो आएपछि धनुषाका सहायक सिडियो समेत रहनुभएका क्वारेन्टान संयोजक शरदकुमार पोखरेल नेतृत्वको टोली क्वारेन्टाइन अनुगमनलाई तिव्रता दिएको छ ।
जेठ १० गते शहिदनगर नगरपालिकाले संचालन गर्दै आएको श्री जनता इकाई प्राविधिक बिधालय यदुकुहामा स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनको क्रममा हाल क्वारेन्टाइनमा रहेका ४५ जनालाई मेसमा गुणस्तरिय खानाको प्रवन्ध गरिनुको साथै सामाजिक दुरी बनाएर वेडको व्यवस्थापनको साथै सरसफाईमा ध्यान दिइएको अनुगमनको क्रममा पाइएको अनुगमनमा गएका नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति रामनरेश सिंहले बताउनुभयो ।

शहिदनगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा नियमित रुपमा विहान चिया, फलफूल, खाना , खाजा र पुनः राति खाने दिने गरेको शहिदनगरपालिकाका मेयर उदयकुमार बरवरिया यादवले बताउनुभयो ।
मेयर बरवरियाले क्वारेन्टाइन व्यवस्थापनमा अहोरात्र खटिनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर स्वास्थ्य शाखा, स्वास्थ्कर्मीलगायत नगरका कर्मचारी र जनप्रतिनिधीहरुलाई समेत सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।