कमला बचाउ अभियान र असहाय संरक्षण मंच धनुषाद्धारा राहत सहयोग

धनुषाको कमला नपा–८ को हरिने, लकड र मरानमा ३४ परिवार विपन्न परिवारलाई जेठ १० गते राहत वितरण गरिएको छ ।


कमला नदीको बाढीबाट बिस्थापित भएका हरिनेका २० परिवार, लकडका १० परिवार र वडा न.६ मरान टोलका ४ परिवार गरी जम्मा ३४ घरपरिवारलाई कमला बचाउ अभियानको पहलमा मिथिला वाईल्ड लाईफको सहयोगमा राहत वितरण गरिएको संयोजक देवनारायण मण्डलले बताउनुभएको छ ।


राहतमा चामल १५ किलो, दाल २ किलो, खाने तेल १ लिटर, आलु ३ किलो, नुन १ किलो, प्याज १ किलो, स्वाविन १ किलो र साबुन २ पिस बितरण गरिएको कमला बचाउ अभियानका संयाजक विक्रम यादवले बताउनुभयो ।


राहत वितरण कार्यक्रममा मिथिला वाइल्ड लाइफका कोषाध्यक्ष रसिलाल पंडित स्थानीय समाजसेवी कमला अभियानी तिरपित भुडेर,राम जिवन यादव ,बिनोद सहनोगिया,राजकिशोर सलहैता, श्याम कुमार महतो लगायतको उपस्थित रहेको थियो ।

यसैविच, असहाय संरक्षण मंच धनुषाले लकडाउनको ५२ औं दिन जनकपुरधाम उमनपा–७ स्थित डेरा गरि मजदुरी गर्न ५२ जनालाई राहत सहयोग गरेको छ । चामल, दाल, नुनलगायतको सामाग्री राहत प्रदान गरेको मंचका अध्यक्ष समाजसेवी बैद्यनाथ साहले बताउनुभएको छ ।


यसैविच, जनकपुरधाम उपमहानगरपालिका–५ बस्ने युसुफ साफीले ईद पर्वमा आफ्ना खर्चको कटौति गर्दै लकडाउनको कारण समस्यामा परेका २ सय गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गर्नुभएको छ ।

ईद पर्वमा घरपरिवारमा हुने खर्चलाई कटौति गरि राहत वित्तरण गरेको हो । साफीका छोरा ईद मोहम्मद साफी भने ‘ यस वर्ष ईदमा आफना घरका सदस्यहरुलाई नयाँ कपडा खरिद नगरि त्यही रकम बरावरको २ सय घरपरिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो सेवई वित्तरण गरेको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार