
धनुषा, ०७७ जेठ १३ गते ।
धनुषा क्षेत्र नं. १ का प्रतिनिधीसभा सांसद निवर्तमान मन्त्रि मातृकाप्रसाद यादवले १० थान थर्मल गण गणेशमान चारनाथ नगरपालिकालाई प्रदान गरेको छ ।
मन्त्रिको तर्फबाट नेकपाका नेता महेश यादवले १० थान थर्मल गण नगरपालिकाका स्वास्थ्य संयोजक श्याम राय र सहसंयोजक रामएकवाल महतोलाई जेठ १३ गते हस्तान्तरण गरेको छ । प्रत्येक वाडामा एक एक थान उक्त थर्मल गण आवश्यकताअनुसारको भिडभाड हुने ठाउँमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
यसअघि मन्त्रि यादवले नगरपालिकामा २५ सय सर्जिकल मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेका थिए ।