
धनुषा, ०७७ जेठ १५ गते ।
भारतबाट आउनको युवाहरुको लागि जेठ ४ गतेदेखि खुल्ला गरिएको धनुषाको जटही र खजुरी नाका जेठ १६ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
भारतबाट धनुषामा आउने युवाहरुकोा संख्या बढेर स्थानिय क्वारेन्टाइनमा भरिभराउ भएपछि पूर्वतयारी गर्नका लागि केही समयका लागि नाका बन्द गर्ने निर्णय गरिएको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताउनुभयो ।
सहायक जिल्ला अधिकारी पोखेरलका अनुसार, केन्द्र सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले सो दुई नाका बन्द गर्ने भएको बताउनुभयो । धनुषावासीहरु केही दिन सिरहा जिल्लाको माडर नाका र महोत्तरी जिल्लाको भिठठमोड नाकाबाट आउन सक्नेछ ।
प्रशासनले अब ती दुवै नाकामा व्यवस्थापन दुरुस्त पारेपछि मात्र नागरिक भित्र्याउने जनाएको छ ।