जटही नाकामा मृत्यु भएका युवकको परिवारलाई सहिद नगरपालिकाको १ लाख राहत


धनुषा, ०७७ जेठ १६ गते ।


धनुषाको शहिदनगरपालिकाका प्रमुख उदयकुमार बरवरिया यादवले भारतको अहमदावादबाट घर फर्किदै गर्दा जेठ १४ गते विहान मृत्यु भएका युवाको परिवारलाई एक लाख सहयोग गर्ने निर्णय भएको बताउनुभएको छ ।

शहिदनगर नपा–९ बस्ने ३२ वर्षीय विरेन्द्र मुरमैता यादवको नेपाल भारतको सिमावर्ती क्षेत्र धनुषाको जटहीमा भोक र प्यासले मृत्यु भएको थियो । यादवको नेपाली सेनाले लिएको स्वाव परिक्षण गर्दा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको जनाएको छ ।


आफनो नगरको युवाको घर फर्किने क्रममा ६ दिनदेखि पैदल यात्रा र खाना खान नपाएर मृत्यु भएपछि नगरपालिकाले मानवीय दृष्टिकोणले समेत पिडित परिवारलाई क्रिया खर्च वापत नगरको तर्फबाट एक लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उदयकुमार बरवरिया यादवले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार