जनकपुरधाम नगरमा सेनिटाइज गरिदै


धनुषा, ०७७ जेठ १६ गते ।
जनकपुरधाम उप–महानगरपालिकाद्वारा दोस्रो चरणको सेनिटाइजेशन गर्ने कार्य जेठ १६ गते १४ औं दिन निरन्तर रुपमा गरिएको छ ।


जनकपुरधाममा कोरोना भाईरसको संक्रमण नबढोस् भनि सेनिटाइजेशन गर्ने कार्यलाई निरन्तरता दिइएको हो । जेठ १६ गते महावीर चोक, राम चोक लगायतको एरियामा सेनिटाइजेशन गरिएको नगर प्रमुख लालकिशोर साहले बताउनुभयो ।

उप–महानगरपालिकाले पहिलो चरणमा आफ्ना सवै वाडाहरुलाई सेनिटाइज गरि सकेका छन् ।

धेरै पढिएको

ताजा समाचार