गणेशमान चारनाथमा सहिद स्मृति पार्कको पूर्वमन्त्री यादवले गरे शिलान्यास

धनुषा,०७७ जेठ १८ गते ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित कमला किनारमा फाटक नजिकै सहिद स्मृति पार्क निर्माण कार्य सुरु भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री समेत रहेका मात्रिका प्रसाद यादवको संसदीय विकास कोषबाट निर्माण हुन लागेको सो पार्कको शिलान्यास गरिएको छ ।

निर्माण हुन लागेको स्मृति पार्कको शनिबार नेकपाका धनुषा सचीव दीपक यादव तथा स्थानीय जनप्रतिनिधिसहित उद्घाटन गरेका छन् । स्मृति पार्क निर्माणका लागि पचास लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पर्यटकीय सम्भावना बोकेको त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सो स्मृति पार्क निर्माण गर्न लागिएको हो । पहिले नै केहि भौतिक संरचना निर्माण गरिएको सो ठाउँमा प्रायः जसो सर्वसाधारण घुम्न आएकै हुन्छन् ।

स्मृति पार्क निर्माण भइसकेपछि त्यहाँ पर्यटकको संख्या झन बढ्ने र पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै जाने विश्वास गरिएको छ । 

सो स्मृति पार्क निर्माणको टेन्डर जानकी निर्माण सेवाले पाएको छ । शिलान्यास कार्यक्रममा जिल्ला सचीव दीपक यादवसहित नेकपाका पुर्शोत्तम लामा, नेकपा गणेशमान चारनाथका नगरध्यक्ष महेश यादव, वडाध्यक्ष गणेश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार