कमला बचाऊ अभियानीहरुको नया सुरुवात, नदी चेतना यात्रा सुरु

धनुषा, ०७७ जेठ १९ गते ।
धनुषाको कमला नदी बचाउ अभियानीहरुले सोमबारदेखि नयाँ आयामको सुरुवात गरेको छ । आज गंगा अवतरण दिवसको अबसरमा मिथिला भुमीमा अवतरित गंगा सरह मानिने कमला नदीको रामघाटमा कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दसहारा मनाइएको छ ।


कमला नदी बचाउ अभियानी रहनुभएका शहिदनगरपालिका मेयर उदयकुमार बरवरिया यादव, कमला बचाउ अभियानका संयोजक विक्रम यादवलगायतका युवाहरु रामघाटमा नदी चेतना यात्राको शुभारम्भ गर्नुभएको छ ।


सो अवसरमा कमला नदी बचाउ अभियानी बिरेन्द्र यादव,राज किशोर सल्हैता, श्याम कुमार सिंह, रामनाथ यादव, राम शरण, रोशन यादव, पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।

नदी चेतना यात्राको क्रममा विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमण नफैलिन दिनका लागि सामाजिक दुरी कायम गरिएको थियो ।

धेरै पढिएको

ताजा समाचार