• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनप्रतिनिधी र प्रहरीको मिलिभगतमा खोलामा क्रसर डनहरुको रजाइँ

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १९, २०७७, ५:४२ PM
0
जनप्रतिनिधी र प्रहरीको मिलिभगतमा खोलामा क्रसर डनहरुको रजाइँ

धनुषा, ०७७ जेठ १९ गते ।

धनुषाको बटेश्वर गाउँपालिकाको अन्तर्गत पर्ने बडहडी ख ोलामा गाउँलाई नै जोखिममा राखेर निरन्तर अवैद्य उत्खनन भइरहेको छ । स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा क्रसरमाफियाहरुले बडहडी खोलामा १५ फिट गहिरोसम्म गिट्टी बालुवमा उत्खनन गर्दै आतंक मच्चाएका छन् ।

वडा नं. १ को चित्रपुर र विजयपुर गाउँलाई बाढीबाट बचाउन बाँधिएको बाँधलाई भत्किने गरी दर्जनौ टिपर,एस्काइभेटर र लोडरको प्रयोग गर्दै उत्खनन भइरहेको छ । बडहडी खोलाको बाढीबाट दुबै गाउँलाई उच्च जोखिममा पार्ने गरी उत्खनन् गरिरहँदा स्थानीय सरकारका जनप्रतिनिध र प्रहरी प्रशासन भने मोटो कमिसन खाँदै रमाइरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

जनप्रतिनिधि कमिसन खाँदै मुकदर्शक भएर गाउँलाई जोखिम हुने गरी उत्खनन गराएको भन्दै विजय पुरका चारदर्जनभन्दा बढी स्थानीयहरु सोमबार खोलामा पुगेर उत्खनन रोक्न माग गरेका छन् । स्थानीय सरकारका जनप्रतिनिधि र प्रहरी प्रशासनले कमिसन खाँदै अवैध ढंगले खोला खनाइरहेको स्थानीय युवा जनकलाल महतोको आरोप छ ।

‘गाउँपालिकाले ठेक्का लगाएको छ भने अवैद्य ढंगबाट हुँदा पनि किन गाउँपालिका अध्यक्ष लगायतले अनुगमन र रोक्ने काम गर्दैनन् । प्रहरी आउँछन् हिँड्छन् । कसैले केहि गर्दैनन् । यसले प्रष्ट हुन्छ । सबै कमिसन खाएर अवैध खोला दोहन गर्नेहरुलाई प्रश्रय दिइरहेका छन्’ स्थानीय देवनाथ महतोले भने ।

गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत पर्ने बडहडी खोला, बेलाचापी खोला र बिगही खोला १५ लाखमा ठेक्का लगाएका छन् । जसमा खोलाको उचित ठाउँमा चारफिट गहिरोसम्मको ग्राइभेल,ढुंगा माटो झिक्न पाउने मापदण्ड छ । तर खोलामा ठेकेदारले १५।२० फिटसम्म गहिरो गरी जथाभावी ग्राइभेल झिक्दा समेत स्थानीय सरकारले अनुगमन गरेको छैन ।

श्रोतका अनुसार ग्राइभेल खन्ने ठेकेदारले गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाध्यक्ष, इलाका प्रहरी कार्यालय ढल्केबर र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्र अन्तर्गतका प्रहरीलाई हप्ता र महिना अनुसार कमिसन दिने गरेका छन् । सोहि कारण गाउँलाई जोखिममा पार्ने गरी उत्खनन भइरहँदा मुकदर्शक बनेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In