• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

न्याय माग गर्दै धनुषामा दलित अगुवाहरुले गरे प्रदर्शन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १९, २०७७, ५:१९ PM
0
न्याय माग गर्दै धनुषामा दलित अगुवाहरुले गरे प्रदर्शन


धनुषा, ०७७ जेठ १९ गते ।
६ जनाको ज्यान जाने गरि पश्चिम रुकुममा भएको नरसंहार र रूपन्देहीमा भएको मानवता विरोधी घटनाका दोषीलाई कारवाहीको माग गर्दै धनुषाका दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् । घटनाका पीडितहरुलाइ न्याय र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै गणेशमान चारनाथ नगरपालिकाका दलित अगुवाहरुले कालोपट्टी बाँधी प्रदर्शन गरेका छन्् ।


दलित जागरण अभियान अध्यक्ष उर्मिला पासवानका अध्यक्षतामा अधिकारकर्मी तथा अगुवाहरुले सयौंको संख्यामा विरोध प्रदर्शन गरेका छन् । रयालीमा जातीय विभेद अन्त्य गर, दोषीलाई फाँसी दे, पीडितलाई न्याय दे लगायतका नारा लेखिएको प्लेकार्ड सहित नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमा पश्चात् आयोजित कोणसभा दलित अगुवाहरूले दोषीलाई कारवाही र पीडितलाई न्यायको लागि जोडदार रूपमा माग गरेका थिए ।


कोणसभामा मानवाधिकारकर्मी विनोद महराले यो घटनाले जातीय विभेदको चरम पराकाष्ठा नाघेकोले यस अन्यायमा परेकालाई न्याय र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरे । उनले विभेद अन्त्यको लागि कानुनहरु भएपनि राज्यले कार्यान्वयन तर्फ उदासीन रहेको आरोप लगाए । घटनामा संलग्न जो कोही दोषी भएपनि सत्यतथ्य छानबिन गरि रुपन्देही र पश्चिम रुकुम दुबै घटनाका दोषीलाई कडा भन्दा कडा कारवाहीको माग राखे ।

लित अधिकारकर्मी चन्देश्वर दासले दोषीलाई कारवाहीको माग गर्दै अब दलितहरु पनि सशक्त हुनुपर्ने बताए । त्यस्तै अधिकारकर्मी चन्देश्वर सदाले दलितहरु हिन्दु धर्मकै कारण विभेदमा परेको गुनासो गरे । हिन्दु धर्म दलितहरुलाइ शोषण दमन गर्नकै लागि कानुनी दस्तावेजको रूपमा तयार पारिएको बताए ।

रयालीमा सहभागी अन्य बक्ताहरू, तलक परियार, समाज सेवी जोगिन्दर महरा, समाजवादीका नेता जोगिन्दर राम, कृष्णकुमारी तमांग समेत दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका थिए । केही दिन अगाडी अन्तरजातीय विवाह गर्न खोज्दा पश्चिम रुकुममा ६ जना दलित युवाहरूको हत्या भएको थियो ।


त्यस्तै रुपन्देहीमा १२ वर्षीया बालिका अंगिरा पासीलाइ बलात्कार गरिएको थियो । बलात्कार पछि वडाध्यक्षकै रोहवरमा उक्त बालिकाको बलात्कारी सँगै जबर्जस्ती बिहे गराइएको थियो र बिहेको भोलिपल्टै बालिकाको शंकास्पद तरिकाले झुन्डिएको अव्यवस्थामा शव फेला परेको थियो ।


त्यस्तै केही दिन अगाडी सिरहाको कल्याणपुरमा यौन प्रस्ताव नमानेपछि एक दलित महिला माथि नगरपालिका कार्यालयकै अगाडी लछारपछार गर्दै कुटपिट गरिएको थियो । कार्यक्रमको संचालन सोती पासवानले गरेका थिए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In