
मंसिर २२
जनकपुरधाम । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा अख्तियारले छापा मारेको छ ।
गत सोमबार बर्दिबास बाट आएको टोलीले नगरपालिकाको योजना अनुगमन गर्दै आबस्यक कागजात लिएर गएको छ ।
सो नगरपालिकामा कर्मचारी भर्ना, औषधि खरीद, लक्षित बर्गको कार्यक्रम, बिकास निर्माणको काममा ब्यापक अनियमितता भएको भन्दै सो सम्बंधित कागजात अख्तियारको टोली छाया कापी लिएर गएको नागरपालिकाका निमित प्रमुख नीलाम्बर मिस्रले जानकारी दिएका छन ।
सो नागरपालिकाका मेयरले आफु अनुकूल कर्मचारी भर्ना देखी लिएर योजना छनोटमा समेत समेत ब्यापक अनियमितता गर्ने गरेको स्थानियबासीहरु आरोप लगाएका छन ।