
महोत्तरी, ०७७ जेठ २१ गते ।
महोत्तरीमा झण्डै २ क्विन्टल लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका –५ बथनाहामा १ सय ८० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
मंगलबार कुखुरा फार्ममा लुकाईछिपाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक केदार बस्नेतको कमाण्डमा खटेको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार कुखुराफर्मको घरमा लुकाईछिपाई राखिएको १६ वटा प्लाष्टिकको पोका र २ वटा बोराको झोलाबाट सो गाँजा बरामद भएको छ ।
फर्म संचालक एकडारा गाउँपालिका –५ गेना बथनाहा बस्ने ५२ वर्षीय लक्ष्मी चौधरीलाई प्रहरीले खोजतलास जारी राखेको छ ।