
धनुषा, ०७७ जेठ २२ गते ।
नेकपाका स्थायी समिति सदस्य रहेका धनुषा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सांसद निवर्तमानमन्त्रि मातृकाप्रसाद यादवले धनुषाका पत्रकारहरुको कोरोना तथा दुर्घटना बीमाका लागि ३० हजार रुपैया सहयोग गरेका छन् ।
कोरोना भाइरसको संक्रमणका बावजुद पनि निरन्तर रुपमा आ आफना सञ्चारमाध्यममा दिनरात खटिदै आएका पत्रकारहरुको कोरोना तथा दुर्घटना विमाका लागि नेता यादवले नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिलकुमार मिश्रलाई पत्रकार महासंघ धनुषाकै भवन पुगेर रकम सहयोग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखालाई यसअघि नेपाली काँग्रेस धनुषाका नेता सुनिलकुमार झाले ३० थान प्रेस ज्याकेट समेत प्रदान गरेका थिए ।