धनुषा, ०७७ जेठ २२ गते ।
मिथिला नपा–२ नक्टाझिजका युवाहरुले आज विहिवार दोश्रो दिन राहत वितरण कार्यलाई निरन्तरता दिएको छ ।
श्री हिमालय युवा क्लवको आयोजना तथा नक्टाझिजको युवाहरुको सहभागितामा विहिवार ५९ घरपरिवारलाई राहत प्रदान गरिएको राहत समितिका संयोजक अरुण कुमार महतोले बताउनुभयो ।

बुधवार ५१ घरपरिवार र विहिवार ५९ घरपरिवार गरि ११० घरपरिवारलाई घर घरमै पुगेर राहत प्रदान गरिएको छ ।
लकडाउनका कारण समस्यामा परेका गरिव, विपन्न, असहायलाई प्रति परिवार २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर खानेतेल, २ पिस सावुन वितरण गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !