
धनुषा, ०७७ जेठ २६ गते ।
धनुषाको गणेशमान चारनाथ नपा–५ को टरिया र सखुवनीको विचमा १५ लाखको लागतमा कल्भर्टको शिलान्यास गरिएको छ ।
धनुषा क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्रि मातृकाप्रसाद यादवको संसदीय कोषबाट कलभर्ट निर्माणको लागि शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा नेकपा नगर अध्यक्ष महेशलाल यादव, नेकपा नेताहरु दुर्गा बहादुर मल्ल, बौएलाल महतो, ५ नं वडाध्यक्ष जयचन्द्र भट्टराई, गाउका बुद्धिजीवी समाजसेवि लगायतका उपस्तिथि रहेको थियो ।
उपभोक्ता समितीबाट कल्भर्ट निमार्णको शिलान्यास भएपछि बर्षातको समयमा हुदै आएको समस्याबाट स्थानियबासिन्दाले मुक्ति पाउने भएका छन् ।