दलितमाथि नरसंहारको विरोध गर्दै बटेश्वरमा नाराजुलुस

धनुषा, ०७७ जेठ ३० गते ।
रूकुम पश्चिम र रूपन्देही घटनालगायत दलितमाथि केही समयदेखि हुदै आएको श्रृखलावद्ध आक्रमणको विरोधमा वटेश्वर गाउपािलकामा दलित अगुवा नेताहरु नाराजुलुसहित विरोध प्रदर्शन गरेका छन् ।

दलित जागरण अभियान बटेश्वर गाउँपालिकाको आयोजनामा तथा दलित अगुवा नेता रामबाबु रविदास र जगदीश रविदास र रामकुमार पासवानको नेतृत्वमा बटेश्वरमा सयौ जनाको उपस्थितीमा नाराजुलुससहित विरोध प्रदर्शन गरिएको छ ।


जुलुसमा नवराज वि.क.लगायतको हत्यारालाई फासी दे, नरसंहारको दोषीलाई कारवाही गर, दलितमाथिको विभेद अन्त्य गर, रंगभेद, जातिविभेद अन्त्य गर, ब्राम्हणबाद मुदावार्द, मनुवाद मुर्दावाद र दलित एकता जिन्दावाद लगायतको नारा लगाइएको थियो ।


नाराजुलुस पश्चात्त आयोजित कोणसभामा जगदीश रविदास , रामबाबु रविदास , राम कुमार पासवान , रामसागर महरालगायतको वक्ताहरुले दलितहरुमाथि हुदै आएको घटनामा सलग्नहरुलाई कारवार्हीको दायरामा ल्याउनुपर्ने माग गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार