सप्तरीमा प्रेस चौतारी र प्रेस सेन्टर बीचको एकताले पूर्णता पायो ; संयोजकमा गुप्ता

उत्सव आचार्य 
सप्तरी , 23 मंसिर ।
प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माको उपस्थितिमा प्रेस संगठन नेपाल सप्तरी जिल्ला समिति गठन सन्दर्भमा तत्कालिन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका पदाधिकारी तथा सदस्यहरुको संयुक्त एकता बैठक आइतवार राजविराज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

सो बैठकले गोपाल प्रसाद गुप्ताको संयोजकत्वमा १५ सदस्यीय प्रेस संगठन नेपाल सप्तरी जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरे सँगै सप्तरीमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बीचको एकताले पूर्णता पाएको हो ।

जसको सह–संयोजकमा खगेन्द्र कार्की चयन भएका छन् भने सदस्यहरुमा शिव प्रसाद आचार्य , दिनेश कुमार शर्मा , दिनानाथ यादव , विन्दु कुमार यादव , उत्सव आचार्य , पुनम पोखरेल , मन्जु यादव , हेमशंकर सिंह , प्रमिला चौधरी , डम्बर राई , कमानन्द माझी , महेन्द्र सदा , श्याम सुन्दर यादव रहेका छन् ।

संगठनका केन्द्रिय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माले प्रेस संगठनमा चयन भएका पदाधिकारीले संगठनलाई मर्यादित अनुशासित बनाई संगठनलाई सप्तरीमै नमूना बनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

तत्कालिन प्रेस चौतारीका पूर्वाञ्चल उपाध्यक्ष मनोहर पोखरेल , सतिश कुमार दत्त लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार