सिरहामा एम्बुलेन्स र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सिरहा, मंसिर २३ गते ।

सिरहामा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ मुख्य चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स। १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्कर खाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लैजानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले बताए ।

धेरै पढिएको

ताजा समाचार