घरेलु धनुषाका लेखापाल रिटायर्ड, भब्य सम्मानसहित विदाई


धनुषा, ०७७ असार २ गते ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका लेखापाल अधिकृत छैठौं स्तर दीपनारायण राउत सोमबारदेखि निजामति सेवाबाट अवकाश प्राप्त भएका छन् । उमेर हदले अवकाश पाउँदै गरेका लेखापालाई मंगलवार एक कार्यक्रमका विच भब्य सम्मान गरि विदाई गरिएको छ ।


घरेलु तथा साना उद्योग कार्यालयमा आयोजित एक समारोहकाबीच लेखापाल राउतलाई फुलमाला तथा मायाको चिनो प्रदान गरि विदाई गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका कर्मचारी जितेन्द प्रसाद सिंहले बताए ।


घरेलु कार्यालय प्रमुख संजिप कुमार दुब्बेको अध्यक्षतामा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख शिक्षक तथा उद्योग प्रशासन शाखा प्रमुख नागेन्द्र प्रसाद साह, वाणिज्य शाखा प्रमुख भानुभक्त ढुङगाना, नायब सुब्बा जयकिशोर झाका साथै कर्मचारीहरु सन्दिप झा, दयाकान्त झा, मनिराम ढुङगाना, गुणेश्वर झा लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

४६ साल फागुन १ गतेबाट भुमी सुधार कार्यालय सल्यान जिल्लामा सहायक लेखापालबाट कार्य थालनी गरेका स्वच्छ छवी तथा हर बखत सेवाग्राहीको काम गर्न तत्पर रहने स्वभावका लेखापाल राउतले आफनो जागिरे अवधिमा दर्जनौ कार्यालयको अनुभव बटुलेका छन् ।


उनी यस अघि यातायात व्यवस्था कार्यालय धनुषा, धनुषाधाम नगरपालिकाको कार्यालय, धनुषा, सहकारी डिभिजन कार्यालय धनुषा, सर्लाही भन्सार कार्यालय, सर्लाही, इलाका प्रशासन शाखा गौशाला, महोत्तरी लगायतका कार्यालयमा समेत सफलता पुर्वक कार्य सम्पादन गरि प्रंशासा समेत पाएका थिए ।

धेरै पढिएको

ताजा समाचार