
धनुषा, ०७७ असार ३ गते ।
विश्वभर फैलिदै नेपाल प्रवेश गरेको कोरोना भाइरसले प्रदेश २ मा एकाएक आफनो जालो फिजाउँदै आएको छ । असार ३ गते वीरगंजको नारायणी अस्पतालको प्रयोगशाला तथा केन्द्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३ सय ४० जना कोरोना संक्रमिण थपिएका छन् ।
वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा महोत्तरीमा ६ जनामा कोराना पुष्टि भएको छ ।
केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३४ जना संक्रमित थपिएको छ । केन्द्रय प्रयोगशालाका अनुसार महोत्तरीमा १ सय ९५ जना, रौतहटमा १ सय ११ जना, धनुषामा २२ जना, सर्लाहीमा ११ जना र सिरहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले बताए ।