
धनुषा, ०७७ असार ३ गते ।
जनता समाजवादी पार्टीका प्रदेश २ सांसद रामअशिष यादवले नमुना मुसहर बस्ती शिलान्यास गर्नुभएको छ । धनुषाको शहिदनगर नगरपालिकाको पचहर्वामा असार ३ गते नमुना मुसहर बस्ती निर्माणका लागि शिलान्यास गर्नुभयो ।
जनता अवास कार्यक्रमअन्तर्गत अति विपन्न ४७ मुसहर परिवारको घर निर्माणका लागि प्रति परिवार ३ लाख ५० हजारको दरले घर निर्माणको थालनी गरेको छ ।
सो वस्तीमा मुसहर समुदायको कुल देवता मानिने दीनाभद्री नाममा पार्कको समेत गरिनेछ । नमुना मुसहर बस्ती शिलान्यास कार्यक्रममा जसपाका नेता पशुपति यादव, अम्बु साह, वडा अध्यक्ष राम रतन पासमान, नमुना मुसहर बस्तीका अगुवा राम दयाल माझी, युवा नेता उमेश निरालालथायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
वस्ती शिलान्यास कार्यक्रममा वस्तीलाई हराभरा बनाउन पर्र्यावरणको संरक्षण हेतु वृक्षारोपण समेत गरिएको युवा नेता रामविहारी यादव (विकास)ले जानकारी दिनुभयो ।