
धनुषा, ०७७ असार ३ गते ।
धनुषाको शहिदनगरपालिका वडा नं. २ चोराकोयलपुरमा काजीपैनी फाँटको निमार्णका लागि शिलान्यास गरिएको छ ।
शहिदनगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि नेकपाका केन्द्रिय सदस्य रहेको धनुषा जिल्ला इन्चार्ज श्रवण बरिवरिया यादवले असार ३ गते काजीपैनी फाटकको शिलान्यास गर्नुभएको हो ।
पंचायतकालदेखि नै विभिन्न नेता तथा मन्त्रिहरुले स्थानियबासिन्दाहरुलाई काजीपैनी फाँटक निमार्णको लागि आश्वासन दिदै आएको थियो ।

शहिदनगरपालिकाका प्रमुख मेयर उदयकुमार बरबरिया यादवको बिशेष पहलमा शिलान्यास गरिएको यस फाँटक निमार्णपछि नगरेको वडा न. १,२,३ र ८ क्रमशः कुम्भकरण, चोराकोयलपुर, बिर्ता, केवटानी, यदुकुहा) लगायतका किसानहरुको खेत खेतमा सिंचाई सुविधा लैजान सहज हुनेछ वडा अध्यक्ष जैसीलाल भिनवार यादवले बताउनुभयो ।
फाटक निमार्णको लागि शिलान्यास भएपछि स्थानियबासिन्दा, किसान, समाजसेवी बुद्धिजीवी राजनीतिकर्मीहरुले मेयर उदयकुमार बरवरिया यादवको प्रंशसा गरेका छन् ।