साइकल यात्रीलाई ठक्कर दिएर चालक फरार,स्थानीयले गरे आगजनी

धनुषा, ०७७ असार ८ गते ।

धनुषामा एक व्यक्तिलाई ठक्कर दिएर चालक फरार भएपछि स्थानीयले टिपरमा तोड्फोड र आगजनी गरिएको छ ।

धनुषाधाम नगरपालिका ८ मा ना.८ख ८३९३ नम्बरको टिपरले स्थानीय दिनेश साहलाई ठक्कर दिएपछि स्थानीयले तोड्फोड गर्दै आगजनी गरेका हुन् ।

साइकलमा सबार ३० बर्षीय साहलाई ठक्कर दिए लगत्तै चालक भागेपछि आक्रोशित स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट टिपरको अगाडि भाग क्षतिग्रस्त भएको छ ।

घाइते साहको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

धेरै पढिएको

ताजा समाचार