
०७६,मंसिर २६ गते ।
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ हंसपुर चोकमा प्रहरी पोष्टको शिलान्यास गरिएको छ । बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव , प्रदेश सभा सदस्य चमेली देवी दास र हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडलले संयुतm रुपमा प्रहरी पोष्टको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश नं. २ सरकार जनताको शान्ति सुरक्षाको लागि सम्बेदनशील रहेको बताउंदै आउने दिनमा प्रहरी सेवामा महिलाहरुको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था मिलाउने बताएका छन । उनले आभाव , प्रभाव र दबाबमा काम गर्ने वातावरणको अनत्य हुने सुरक्षाकर्मीहरुलाई आश्वासन दिएका छन । जनशतिm अभावका कारण अहिले सुरक्षाकर्मीहरुलाई १९ घण्टासम्म काम गर्नु परिरहेको र आरामका लागि खासै कुनै व्यवस्था नरहेको प्रति चिन्ता व्यतm गरे । हंसपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष उदय सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजवादीका सरोज यादव , राजपा केन्द्रिय सदस्य श्यामसुन्दर सिंह , कामेश्वर सिंह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।