• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

५ डोम परिवारलाई घर हस्तान्तरण

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २६, २०७६, १२:४४ PM
0
५ डोम परिवारलाई घर हस्तान्तरण

मणिलाल विश्वकर्मा-

सिरहा, मंसिर २६ गते ।

सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला किनारको ऐलानी जग्गामा बसोवास गर्दै आएका पाँच डोम परिवारले घर पाएका छन् । आइतबार पाँच डोम परिवारलाई घर हस्तान्तरण गरिएको हो । लहान नगरपालिकाका मेयर मुनि साह सुडीले रिबन काटेर एकीकृत बस्तीको उद्घाटन गर्दै पाँच परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।

दुईवटा सुत्नेकोठा, भान्सा, शौचालय र बरन्डासहितको पक्की घर पाएपछि वर्षौँदेखि झुपडीमा बस्दै आएका विपन्न डोम समुदाय दंग छन् । बस्ती हस्तान्तरण गर्दै मेयर साहले विपन्न र दलितका लागि सरकारले घर सहयोग गरेको बताए । उनले अब आफ्नै सुविधायुक्त घरमा बसेर आय–आर्जनका कामसँगै छोराछोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको तराई–मधेस समृद्धि कार्यक्रममार्फत ९० लाख र लहान नगरपालिकाको नौ लाख दुई हजार रुपैयाँ लागतमा १० घरसहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

 पाँच घर पछि हस्तान्तरण गरिने
बस्तीमा बनेका १० घरमध्ये पहिलो चरणमा पाँच परिवालाई घर हस्तान्तरण गरिएको हो । वडा कार्यालयले थप पाँच परिवारको नाम सिफारिस गरेपछि बाँकी घरसमेत हस्तान्तरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले जानकारी दिए । १० चैतमा शिलान्यास गरिएको एकीकृत बस्ती गत असारमै निर्माण सम्पन्न भए पनि प्राविधिक कारणले ढिलो हस्तान्तरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुनिलकुमार साहले बताए । 

 सामाजिक हैसियत बढ्यो
थोत्रो कपडाले बारेको झुपडीमा बस्दै आएकी ५६ वर्षीया एकल महिला दहनी मरिकले सरकारले घर दिँदा खुसी लागेको बताइन् । ‘अब मजदुरी गरेर आएपछि कम्तीमा राति त राम्ररी सुत्न पाइने भयो,’ खुसी हुँदै उनले भनिन् । बस्तीका जोगेन्द्र डोमले पनि पक्की घर पाउँदा सामाजिक हैसियत नै बढेको महसुस भएको बताए । ‘थोत्रा कपडाले बारेको झुपडीमा गुजारा गर्न कठिन थियो,’ उनले भने ‘नगरपालिकाको पहलमा बनेको घर पाउँदा हामीलाई निकै खुसी लागेको छ ।’ लहान–५ की दहनी मरिक, जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोदकुमार मरिक र धनसिं मरिकले घर पाएका हुन् ।

 विद्यालय पनि हस्तान्तरण
तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत लहान–५ को खुट्टीखोलाको पश्चिम किनारमा अवस्थित शिवशक्ति आधारभूत विद्यालयको नवनिर्मित पाँचकोठे भवनसमेत मेयर साहले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् । तराई–मधेस समृद्धि कार्यक्रमको ५० लाख र नगरपालिका तथा उपभोक्ता समितिको पाँच लाख २९ हजार गरी ५५ लाख २९ हजार रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । भवन प्राप्त भएकाले विद्यालयको दैनिक पठन–पाठन सहज हुने प्रधानाध्यापक विभा ठाकुरले बताइन् । भवन हस्तान्तरणसँगै लहान–५ मा पर्ने शिवशक्ति, ज्ञानोदय र नवकाली आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत ५८ छात्रा र ६५ छात्रलाई विद्यालय पोसाक, टिफिन बक्ससमेत बाँडिएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

8 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

9 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In