
०७६ मंसिर २७ गते ।
धनुषाको मिथिला नगरपालिका ढल्केवरका समाजसेवी समेत रहनुभएका सहिद मुगालाल मोहन महतो स्मृति प्रतिष्ठानका अध्यक्ष राम सुन्दर महतोको निधन भएको छ । मंसिर २६ गते ८ बजे साँझ निधन भएको हो । महतो राजपा नेपालको मिथिला नगरपालिकाका नगर अध्यक्ष समेत रहनु भएको थियो ।
राजपा नेपालका नेताहरुले उहाँको शवमाथि पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । उपचारकै क्रममा असमायिक निधन भएपछि उहाँको प्रार्थिव शरीरमा पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली दिएका हुन् ।

राजपा पार्टीका केन्द्रीय महासचिव सुरीता साह,केन्द्रीय सदस्यद्वय बिभा ठाकुर र रामकुमार महतो, पार्टीका जिल्ला अध्यक्ष मंडलका सदस्य संजय सिंह, युवा नेता किशोर साह (गुरु)लगायत पार्टीका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।