नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज जनकपुरधाममा विरोध जुलुस प्रदर्शन गरेका छन् ।
अनेमसंघ धनुषाकी संयोजक शिला यादवको नेतृत्वमा असम्बैधानिक कदम तथा बलात्कार, महिला हिन्सा र बढ्दो महँगी बिरुद्धको विरोध प्रदर्शन उत्साह जनक रुपमा सम्पन्न भयो ।सयौंको संख्यामा रहेका महिला दिदी बहिनीहरुको बिरोध ऱ्याली नगर परिक्रमा गरी जनकपुरको जनक चौकमा गएर कोण सभामा परिणत भएको थियो ।

उक्त कोण सभा लाई नेकपा प्रदेश कमिटीकि सदस्य प्रेममाया श्रेष्ठ, अनेमसंघ धनुषाकी संयोजक शिला यादव, संघकी सचिव श्रीबिन्दु मास्के नेकपा जिल्ला संघर्ष समितिका सदस्यहरु बेद कुमारी मण्डल, पिंकी साह, कविता यादव, रीता भट्टराई, बिबिता देवी लगायतका बक्ताहरुले असम्बैधानिक कदम बिरुद्धमा सम्बोधन गरेका थिए।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !