त्रिदेशीय टी-२० क्रिकेट : मलेसियामाथि नेपालकाे सानदार जित

त्रिदेशीय टी-२० क्रिकेट प्रतियाेगिताअन्तर्गत साेमबार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ । मलेसियाले दिएकाे ११० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा ११३ रन बनायाे ।

नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा १०२ रनकाे साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएकाे थियाे । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।

धेरै पढिएको

ताजा समाचार