बम काण्ड घटनाको गम्भिरतापूर्वक लिन सांसद महतोको आग्रह

०७६ मंसिर २८ गते ।
धनुषाका सांसद पूर्वमन्त्रि शत्रुधन महतोले महेन्द्रनगर बम बिष्फोटलाई गम्भिरतापूर्वक छानविन गर्न माग गरेका छन् ।
बम विस्फोट घटनामा परेर इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु हुनुको साथै ७ जना घाइते भएको घटनाले आफु मर्माहित भएको प्रतिक्रिया दिएका छन् ।
यस् शोकको घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार