
धनुषा, ०७६ मंसिर २९ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महेन्द्रनगरका बम पिडित परिवारको घरमा पुगेर स्थलगत अनुगमन गर्दै पिडित परिवारलाई भेट गर्नुभएको छ । आइतवार विहान मुख्यमन्त्रि लालवावु राउत, प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालगायतको टोली घटनास्थल मृतक राजेश साहको घर पुगेर घटनास्थलको वस्तुस्थितीको अवलोकन गरेका हुन् ।
पिडित परिवारलाई भेटदै मुख्यमन्त्री राउतले बम विस्फोटमा परेर घाइते भएका सवैको उपचारका खर्च प्रदेश सरकारले व्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने आश्वासन दिएका छन् । मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने बताएका छन् ।

टोलिमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलबारलगायतको सहभागिता रहेको थियो ।
बम बिस्फोट को घटना मा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको छ । ३ जना गम्घिर घाइतेहरुको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ ।