जनकपुरधाम । गत शुक्रबार राति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको शक्तिशाली बम बिस्फोटमा परी भएको मृत्यु प्रति नगरपालिकाले एक दिन शोक विदा दिएको छ ।
बम बिस्फोटमा नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी नगरपालिका विदा दिएको छ ।
नगरकार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरी क्षीरेश्वरनाथ नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्था तथा नगरपालिका मातहतका कार्यालयहरुमा विदा दिने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पजियारले बताएका छन् ।
बम बिस्फोटमा मृत्यु भएको तीनै जनाको अन्त्येष्टी शनिवारनै गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !